Previous
Next

परिचय

नेपाल सरकारले सहकारीलाई राष्ट्रिय अर्थ व्यवस्थाको ३ खम्बा मध्ये एक खम्बाको रुपमा परिभाषित गरी समुदायमा छरिएर रहेको सानो सानो पुँजीलाई एकत्रित गर्न सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउँदै यसको आवश्यकतामा जोड दिंदै अगाडी बढी रहेको छ । २०६७ साल आषाढ १६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंबाट बित्तिय कारोबार गर्न स्वीकृती प्राप्त यस संस्थाको स्थापनाकालमा काठमाडौं महानगरपालिकाका ४ वटा वडाहरु मात्र कार्यक्षेत्र रहेकोमा हाल आएर काठमाडौं जिल्लाभर कार्यक्षेत्र गरि सकेको छ । सहकारी क्षेत्रमा लामो अनुभव प्राप्त गरेका ब्यक्तीहरुबाट सन्चालित यस शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. को मुख्य कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका चावहिल ७ चुच्चेपाटीमा रहेको छ भने सदस्य सेवा केन्द्र न्युरोड काठमाडौंमा रहेको छ । काठमाण्डौ जिल्लामा मात्र सिमित नरहेर कार्यक्षेत्र बिस्तार गर्ने उद्धेश्यले १२औ बार्षिक साधारणसभाले सर्बसम्मत रुपमा पुरै बागमती प्रदेशभर आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने निर्णय अनुरुप संस्थाले सम्बन्धीत निकायमा स्वीकृतीको लागी निवदन पेश गरिसकेको हुँदा स्वीकृती प्राप्त हुनासाथ सदस्यता बिस्तार गरिने ब्यहोरा समेत अबगत गराउन चाहन्छौ ।

बिदुर बस्नेत, अध्यक्ष

संस्था स्थापनाकालको छोटो अवधीमा सहकारी मूल्य मान्यतालाई आत्मसाथ गर्दै यस संस्थाले आर्थिक कारोबारमा उल्लेख्य वृद्धि गरि हिजोको साँघुरो कार्यक्षेत्रलाई बिस्तार गर्दै काठमाडौं जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई त्यहाका सदस्यहरु माझ संस्था प्रतिको लोकप्रियतालाई मजबुद बनाउँदै लगिएको व्यहोरा अवगत नै छ ।

फडिन्द्र कुमार खड्का, प्रमुख कार्यकारी निर्देशक

राष्ट्रिय अर्थ व्यवस्थाका तीन खम्बा मध्ये एक खम्बाको रुपमा संवैधानिक व्यवस्था गरिएको सहकारी अंगलाई व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले छुट्टै सहकारी मन्त्रालयको व्यवस्था गरी गुणात्मक विकासको लागि निरन्तर लागिरहेको छ ।