home सन्देश बिदुर बस्नेत, अध्यक्ष

बिदुर बस्नेत, अध्यक्ष

Bidurसंस्था स्थापनाकालको छोटो अवधिमै सहकारी मूल्य–मान्यतालाई आत्मसाथ गर्दै यस संस्थाले आर्थिक कारोबारमा उल्लेख्य वृद्धि गरि हिजोको साँघुरो कार्यक्षेत्रलाई फैलाई काठमाडौं महानगरपालिका भरि आफ्नो कार्यक्षेत्र बनाई त्याँहाका सदस्यहरु माझ पनि यस संस्था प्रतिको लोकप्रियतालाई मजबुद बनाउँदै लगिएको व्यहोरा अवगत नै छ । देशको अस्थिर राजनैतिक अवस्था, प्राकृतिक विपत्ति संगसंगै देशले व्यहोर्नु परेको नाकाबन्दिले सम्पूर्ण आर्थिक क्षेत्रहरु प्रभावित भएको यथार्थलाई आत्मसाथ गर्दै हामीले सकारात्मक सोचका साथ संस्थालाई सुदृढ एवं सबल बनाई अगाडि बढाउनु छ । आर्थिक पारदर्शिता, ईमान्दारिता तथा जवाफदेहिता जस्ता आधारभुत तत्वहरुमा कुनै किसिमको अभाव खड्किन नदिई सहकारी विभाग, डिभिजन सहकारी कार्यालयबाट निर्देशन भएका निती नियमहरुलाई पालना गर्दै संस्थागत सुसाशन कायम गर्ने, बचत निति, कर्जा लगानी तथा असुली निति तयार गरि सहकारी ऐन नियमावली, सहकारी मापदण्ड तथा अन्तराष्टिय सहकारी मूल्यमान्यता र सिद्धान्त हरुलाई आत्मसाथ गर्दै थप सुरक्षित तथा जिम्मेवारी बोधका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ ।
संस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले जोडिएका विभिन्न समुदायलाई एक्यबद्धता गर्दै स्वावलम्वि, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको बिकास गरी संकलित बचतलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज तथा समुदायमा सरल र सहज तरीकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले यस संस्थाको स्थापना गरिएको हो । आगामी दिनहरुमा पनि सदस्यहरुको माग र सुविधालाई मध्यनजर गर्दै अन्य सहकारी संस्थाहरुलाई यस संस्थामा समाहित हुने गरि एकिकरण (मर्ज) गर्ने र उक्त ठाउँहरुबाट सदस्य सुविधा काउण्टर संचालन गर्ने निती रहेको हुनाले सदस्यहरुलाई थप सुविधा प्राप्त हुने आशा राखेको छु ।

धन्यवाद !


Fatal error: Uncaught exception 'wfWAFStorageFileException' with message 'Unable to verify temporary file contents for atomic writing.' in /home/shubhaprava/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:47 Stack trace: #0 /home/shubhaprava/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(650): wfWAFStorageFile::atomicFilePutContents('/home/shubhapra...', '<?php exit('Acc...') #1 [internal function]: wfWAFStorageFile->saveConfig('transient') #2 {main} thrown in /home/shubhaprava/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 47