विप्रेषण (रेमिट्यान्स) सेवा

सदस्यहरुको सुविधालाई मध्यनजर गरी विप्रेषण (रेमिट्यान्स) सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले नेपाल अधिराज्यभर र विश्वको कुनै पनि ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम नबिल रेमिट, प्रभु रेमिट, IME रेमिट, सिटी एक्स्प्रेस लगायतका रेमिट्यान्स कम्पनीहरु सँग सम्झौता गरी संस्थाले आन्तरिक र बाह्य विप्रेषण (रेमिट्यान्स) सुविधा प्रदान गर्दै आइरहेको छ ।